बाबुरामलाई के भयो यस्तो ? खबर सुनेपछि सबै जना निरास
काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले फेरि आफू बौलाउन लागेको बताएका छन्।
उनले नेपालमा राष्ट्रपतीय प्रणाली लागु गर्नका लागि आफू बौलाउन लागेको बताए । पाँचथरको यासोकमा जसपाले आयोजना गरेको सभालाई सम्बोधन गर्दै भट्टराईले स्थायीत्वका लागि राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसदीय व्यवस्था हुनुपर्ने बताएका हुन् ।
‘स्थायीत्वको नारा दिएर तत्कालिन नेकपाले दुई तिहाइको सरकार चलायो भट्टराईले भने, ‘पूरा कार्याकाल सरकार नचलाउँदै सरकार मात्र ढलेन, नेकपा नै टुक्रियो । अस्थितरताको अत्यका लागि पूर्ण समानुपातिक संसदीय व्यवस्था र राष्ट्रपतीय प्रणालीमा जान आवश्यक छ ।’
आफूले अवसर पाए संविधान संशोधन गरेर उक्त काम गर्ने भट्टराईको तर्क छ । सम्बोधनकै क्रममा भट्टराईले संघीयतालाई वैज्ञानिक ढंगले कार्यान्वयन गर्नुपर्ने बताए ।
नेपालमा गलत ढगले संघीयता कार्यान्वयन भएकाले देशमा संकट आएको भट्टराईको ठम्याइ छ । ‘नेपालमा गलत ढंगले संघीयताको कार्यान्वयन भइरहेको छ,भट्टराईले भने, ‘कार्यान्वयनको शैली परिवर्तन नभए मुलुकमा ठूलो संकट आइलाग्नेछ ।’
उनले वैज्ञानिक ढंगले कार्यान्वयन गरिएको संघीयताले मात्र जनजातीहरुको उत्थान गर्न सक्ने बताए । लिम्बूहरुले लिम्बुवानको मात्र कुरा नगरेर सम्पूर्ण जनजाती र उत्पीडित वर्गहरुका लागि संघर्ष गर्नुपर्ने उनको भनाइ छ ।
‘लिम्बुवानमा उभिएर मैले बोल्नैपछ कि लिम्बूहरुले सम्पूर्ण जनजातीहरुको पक्षमा संघर्ष गर्न जरुरी छ उनले भने । प्रतिगामी शक्तिहरुले आफूलाई बौलाहा भएको प्रसंग निकाल्दै भट्टराईले देशमा सकारात्मक परिवर्तनका लागि सचेत नेपालीहरु बौलाउनुपर्ने उल्लेख गरे ।
‘परिवर्तनका लागि विद्वानहरु बौलाउन जरुरी छ’, उनले भने, ‘परिवर्तका लागि पहिले पनि बौलाएर क्रान्तिको बिगुल फुकेकै हो, म फेरि एकपटक परिवर्तनका लागि बौलाएको छु।’
परिवर्तन र विकासका लागि जसपा निर्माण गरिएको उनको भनाइ थियो । जसपा पुरानो सोच र सिद्धान्त बोकोको पार्टी नभएर नयाँ सोच, दृष्टिकोण र सिद्धान्त बोकेको पार्टी भएको भट्टराईको दावी छ ।
मुलुकलाई समृद्ध बनाउने अवसर पाएका पार्टी र तिनका नेताहरुले केही गर्न नसकेपछि राष्ट्रियताको हौवा फैलाएको भट्टराईको आरोप छ।
‘तपाईंहरुकै क्षेत्रका एक नेताले दुई तिहाइको सरकार चलाउने मौका पाए ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीप्रति इंगित गर्दै भट्टराईले भने, ‘देश बनाउन त परै जाओस्, आफ्नै पार्टीलाई सम्हाल्न नसकेर तहसनहस बनाएका उनैले अहिले राष्ट्रियताको चर्को कुरा गरिरहेका छन् ।’
आफ्ना बदमासी लुकाउन राष्ट्रियता खतरामा छ भन्दै कराएर जनतालाई भ्रममा पारेको भट्टराईको तर्क छ ।