डा. पोखरेल देउवाको विपक्षमा नरहेको स्पष्ट पारे

बिहिबार, २२ पौस २०७८

काठमाडौं– २२ पुस नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले तदर्थवादबाट पार्टी चल्न नसक्ने बताउदै विधी र विधान सम्मतरुपमा पार्टीलाई अगाडी बढाउनुपर्ने धारणा राखेका छन् ।

साथै, उनले आफुहरु सभापति शेरबहादुर देउवाको विपक्षमा नरहेको स्पष्ट पार्दै आफुहरुको चाहना पार्टी विधान अनुसार चलोस र सबैमाथि न्याय होस भन्ने मात्र बताएका छन् ।

हिजो राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनाता जान्न चाहन्छन पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो बताएका हुन् ।

सभापतिमा निर्वाचित भएपछि म मलाई भोट दिने र नदिने सबैको सभापति हो भनेको स्मरण गर्दै उनले त्यो समयमा सम्पूर्ण काँग्रेसीहरुमा उत्साह छाएको बताए । ‘तर लगतै

उहाँले केन्द्रीय सदस्यको मनोनयन गर्नुभयो त्यसमा आफुलाई भोट दिएकालाई मात्र राखेको देख्दा सबैमा निराशा पैदा भएको छ उनले भने ।

यस्तै उनले नेपाली काँग्रेसको वरिष्ठ नेता शेखर कोइराला भएको भन्दै रामचन्द्र पौडेललाई आदरणिय नेताको रुपमा हेरिएको धारणा राखेका थिए ।

शेखर कोइराला पक्षको भेलाले नेपाली काँगे्रसलाई तिनै तहको आगामी निर्वाचनमा एक नम्बरको पार्टी बनाउने निष्कर्श निकालिएको उनले स्पष्ट पारेका थिए ।

साथै, एमसीसीको विषयमा जनताको भावनालाई बुझेर विवाद रहित हिसावमा अगाडी बढाउनुपर्ने उनको धारणा थियो