डि.पी. खनालको शब्दमा जगदीशको गीत ‘बाडुली’… (हेर्नुस् भिडियो)

मंगलबार, ५ भाद्र २०७५

काठमाडौं – चर्चित गायक जगदिश समालको रमाईलो नृत्यपरक गीति  भिडियो ‘बाडुली’ सार्बजनिक गरिएको  छ।  डि.पी. खनालका ठेट नेपाली शब्दहरुलाई धनु ज्ञाङमीले सँगीत भरेका हुन्  भने उदयराज पौडेलले सँगीत सँयोजन गरेका छन् ।

भिडियोमा  सुनिल क्षेत्री र  अलिशा सर्माको भिन्नाभिन्नै ५ वटा चरित्रमा रमाइलो नृत्यका साथमा जोडदार अभिनय हेर्न पाईन्छ। टँक केसीको छाँयाकन रहेको यो भिडियोमा बिकाश ज्ञवालीको सम्पादन रहेको छ भने निरमायालाई सुनिल क्षेत्री स्वयंले नै कोरियोग्राफी र निर्देशन गरेका छन् ।

भिडियोलाई डश म्युजिक नेपाल मार्फत सार्बजनिक गरिएको छ।