एमालेका चर्चित नेताले छोडे ओलीको साथ, दलबलसहित नेकपा एसमा प्रबेश गर्दै
काठमाडौ–नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली दक्षिपन्थी अवसरवादमा भाँसिएको भन्दै एमालेका चर्चित नेताले पार्टी परित्यागको घोषणा गरेका छन् ।
उनले ओलीमा दम्भ र आडम्बर देखिएको तथा पार्टी प्रतिगमनकारी एवम् दक्षिणपन्थी भासमा भासिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका सचिवालय सदस्यले एमाले परित्याग गरेका हुन् ।
जुम्लाको सिंजा गाउँपालिका कमिटीका संयोजक लोकेन्द्रबहादुर शाहीले जिल्ला कमिटीका अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।
उनले राजीनामापत्रमा लामो समयदेखि नेकपा एमाले र जनताको बहुदलीय जनवादलाई आत्मसात गरे पनि अध्यक्ष ओलीको व्यवहारबाट दिक्क भएर राजीनामा दिएको उल्लेख गरेका छन् ।
राजीनामामा लेखेका छन्, ‘नेकपा एमाले र त्यसको जनवर्गीय संगठन अनेरास्ववियुको कुनै पदमा नरहने र आजका मितिबाट नेकपा एमालेको कुनै पदमा नरहने बताएका छन् ।
उनले आफू नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेको घोषणा समेत गरेका छन् ।