सिके राउतको हत्या गर्ने धम्की, धम्की दिने संघीय सरकारकै मन्त्री
जनकपुरधाम जनमत पार्टीका अध्यक्ष सीके राउतलाई हत्या गर्ने भनेर हिंसा भड्काउने आपत्तिजनक अभिव्यक्ति दिएकी छन् । उनले
भौतिक पूर्वाधार मन्त्री तथा जनता समाजवादी पार्टीकी नेता रेणु यादव गुण्डागर्दीमा उत्रिएकी हुन् ।
मधेश बलिदान दिवसका अवसरमा बुधबार रौतहटको गौरमा आयोजित कार्यक्रममा मन्त्री यादवल पदीय मर्यादाको ख्याल नगरेर अर्को गौर नरसंहार मच्चाउने चेतावनी दिएपछि उनको आलोचना सुरु भएको छ ।
मन्त्री यादवकै पार्टी तत्कालीन मधेसी जनअधिकार फोरमले रौतहटको गौरमा २०६३ सालमा भाला रोपेर २७ जना माओवादी कार्यकर्ताको सामूहिक हत्या गरेका थिए । सो नरसंहारलाई गौरवका रूपमा स्मरण गर्दै मन्त्री यादवले सीके राउतले फणा उठाएमा त्यही हालत हुने चेतावनी दिएकी छन् ।
मन्त्री यादवले तफुानसँग टकराउने कोसिस गरेमा सीके राउत पनि मारिन सक्ने आपत्तिजनक अभिव्यक्ति दिएपछि उनको विरोध सुरु भएको छ ।
मधेसी जनताले उनको राजीनामा माग गरेका छन् । काठमाडौंमा पनि पदीय मर्यादा कायम नराख्ने मन्त्रीको राजीनामा मागिएको छ ।
उनले भनेकी छन्( राइस मिल अहिले पनि जिवित छ । गौरमा फणा देखाउने प्रयास नगर । यहाँ लाठी भाँच्न मानिसले जानेका छन् । तुफानसँग टकराउने प्रयास नगरे हुन्छ । यो गौर ऐतिहासिक जिल्ला हो । बलिदानी दिवसमा हिंसा गर्नु छैन, आज हामी बलिदानी दिवस मनाउन आएका छौं, भोलि म यहाँको सडकको अवस्था अवलोकन गर्नेछु ।‘
तुफानसँग टकराउने प्रयास गर्यो भने त्यही हालत हुन्छ जुन गौरको राइस मिलमा भएका थियो । त्यो इतिहास डाक्टर साब ९सिके राउत० ले नभुलुन् । नत्र तपाईंका कार्यकर्ता मारिन्छन्, तपाईंले पनि घेराबन्दी गरेर मारिदिन्छन् । हत्या हुन्छ, सतर्क रहनुस् । डाक्टरसाबलाई म चेतावनी दिन्छ, यदि कलेजोमा ताकत छ, गाई भैंसीको दूध खाएको छ भने सिंहदरबारमा गएर घेराउन गर्नुस् । तर, जसको नसमा गाई र भैँसीको दूधको रगत बगेको छ यसलाई फासफुस कहिल्यै पनि हुँदैन, लड्ने प्रयास नगर्दा बेस हुन्छ ।