वर्षमानलाई महासचिव बनाउन लागेको पुष्टि, प्रचण्डले आजै चाले यस्तो कदम

आइतबार, ९ माघ २०७८

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी महासचिवमा वर्षमान पुनलाई अगाडि बढाएको पुष्टी भएको छ । माघ ८ गतेका लागि बोलाइएको बैठक स्थगित गरेपछि यस्तो पुष्टि भएको हो ।

वर्षमान माघ १० गते मात्रै नेपाल फर्किदै छन् । उनको सहभागीता बिना बैंठक सम्भव नभएको भन्दै प्रचण्डले केन्द्रीय समिति बैठक स्थगित गरेका हुन् ।

प्रचण्डले पदाधिकारी चयनका लागि माघ २७ गते केन्द्रीय समिति बैठक बोलाएका छन् ।

अध्यक्ष प्रचण्डले प्रदेश अध्यक्ष र इन्चार्जहरुलाई परिपत्र केन्द्रीय समितिको पूर्णता, पोलिटब्यूरो र स्थायी कमिटी गठन र पदाधिकारी चयनका लागि २७ गतेदेखि केन्द्रीय समिति बैठक बस्ने जानकारी दिएका हुन् ।

यो बैठकले केन्द्रीय सदस्यहरुको कार्ययविभाजन गर्नुका साथै महाधिवेशले पारित गरेको कार्यदिशाअनुसार कार्ययोजना बनाउने प्रचण्डको परिपत्रमा उल्लेख छ ।

उनले केन्द्रीय समितिको आगामी बैठकले निर्णय नगर्दासम्म यसअघिका सबै प्रदेश समिति, जिल्ला समस्न्वय समिपित, विभाग, जनवर्गीय एवं मोर्चा संगठनका इचार्जहरुले नै यतावतको जिम्मेवारी सम्हाल्ने समेत बताएका छन् ।

साथै प्रदेश समिति र पदाधिकारीको निर्वाचनलाई छिटो गर्न समते उनले भनेका छन् ।