राष्ट्रिय सभाको निर्वाचनमा पत्तासाप हुने भएपछि ओलीले घुमाए दिमाग
काठमाडौँ – सत्ता गठबन्धन नेकपा एमालेलाई कुनै पनि हालतमा पत्तासाफ गर्ने मनसायमा देखिएको छ । राष्ट्रिय सभाको निर्वाचनमा एमाले पराजित हुने निश्चित भएपछि अध्यक्ष केपी शर्मा ओलीले नयाँ रणनीति अंगिकार गरेका छन् ।
गठबन्धनले तीन तहकै चुनावमा तालमेल गर्ने तयारीमा रहेको सूचना पछि ओलीले पनि गठबन्धन गर्न थालेका छन् ।0नाव ? यो प्रश्न तेर्सिएको छ ।
चुनावमा बहस चल्दै गर्दा दलहरुको ध्यान मधेश प्रदेशमा बढी गएको छ । ८ जिल्ला रहेको मधेश र समथर भूभागहरुमा निर्वाचन क्षेत्र बढी छन् ।
त्यहाँ आफ्नो प्रभाव बलियो बनाउन दलहरु सक्रिय भएका छन् । उनीहरुले चुनावी गठबन्धनको पूर्वाभ्यास गरिरहेका छन् ।
सत्ता गठबन्धनको जनता समाजवादी पार्टी मधेशमा मजबुत छ । नेपाली काँग्रेससँग गठबन्धनमा रहेकाले जसपा चुनावमा पनि तालमेल गर्ने दाउमा छन् । जसपाको काँग्रेससँग भरसक नभए माओवादी र नेकपा एससँग गठबन्धनको सम्भावना देखिदैछ ।
ओली प्रधानमन्त्री हुँदा सीके राउतसँग सरकारले सम्झौता गरेको थियो । महन्थ ठाकुरसँग पनि ओली सरकारमा हुँदा नै सहमति बनाएका थिए ।
उनले ठाकुरले उठाएको मागको सम्बोधन पनि गरेका थिए । यसले यी शक्तिबीच निकटता बढाएको थियो ।