यी हुन् प्रदेश १ मा गठबन्धनलाई अन्तरघात गर्ने सांसदहरु
काठमाडौँ – राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुले अन्तरधात गरेका छन् । प्रदेशसभा सांसदहरुले अन्तरघात गरेपछि एकीकृत समाजवादीका सांसदले हार व्यहोरेका छन् ।
अन्तरघाट पछि प्रदेश नम्बर १ मा गठबन्धन उम्मेदवार पराजित भएका हुन् ।
गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार हेमराज राईलाई हराउँदै एमाले उम्मेदवार सोनम ग्याल्जेन शेर्पा विजयी भएका हुन् ।
गठबन्धनकै उम्मेदवारको अन्तर्घातका कारण राईले पराजय बेहोर्नुपरेको बताइएको छ । राई जसपाको तर्फबाट गठबन्धनका उम्मेदवार थिए ।
शेर्पाले ४७५२ मतभार पाए भने राईले ४ हजार ३६८ मतभार पाए । अर्को सिटमा नेकपा एकीकृत समाजवादीकी जयन्ती राईले जितेकी छन् ।
उनी भने गठबन्धनकै उम्मेदवार हुन् ।