निर्वाचन आयोगमाथि कानुन मन्त्रालयले लियो एक्सन

शुक्रबार, १४ माघ २०७८

काठमाडौं – निर्वाचन आयोगमाथि कानुन मन्त्रालयले एक्सन लिएको छ । आयोगले स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारलाई आग्रह गर्दै पत्र लेखेपछि मन्त्रालयले एक्सन लिएको हो ।

स्थानीय तहको निर्वाचन बारे कानुन र संविधान एक आपसमा बाझिएपछि छलफल आवश्यक भएको भन्दै मन्त्रालयले आयोगका पदाधिकारीलाई मन्त्रालयमा बोलाएको छ ।

निर्वाचन कानूनका विषयमा आयोगले मन्त्रालयसँग आज छलफल गर्न लागेको हो ।

कानून मन्त्रालयका सचिव उदयराज सापकोटाले आज साढे ११ बजे निर्वाचन आयोगले छलफलका लागि बोलाएको जानकारी दिए ।

निर्वाचन आयोग स्थानीय तहको निर्वाचन आगामी वैशाखमै गर्नुपर्ने अडानमा छ । उसले निर्वाचनको मिति छिटो तोक्न सरकारलाई दबाव दिंदै आएको छ ।

तर सत्ता गठबन्धनभित्र भने स्थानीय तहको निर्वाचन पछि सार्ने विषयमा बहस भइरहेकाले मिति तोकिएको छैन ।

बरु सरकारले केही कानून संविधानसँग बाझिएको भन्दै संशोधन गर्ने तयारी गरिरहेको छ । त्यसबारे कानून मन्त्रालयले महान्यायाधिवक्ता लगायतसँग छलफल गरिसकेको छ ।