प्रचण्डलाई फकाउँदै देउवा, आजै गरिदिए चितवनमा जित निश्चित हुने एउटा निर्णय
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई फकाइ रहेका छन् । प्रचण्ड फकाउन देउवाले उनले ल्याएका विभिन्न प्रस्तावहरु विना छलफल पारित गर्न थालेका छन् ।
आजमात्रै प्रचण्डको निर्वाचन क्षेत्रका लागि महत्वपूर्ण निर्णय भएको छ ।
मेडिकल हवको रुपमा स्थापित हुँदै गरेको चितवनको भरतपुरमा अर्को एउटा सरकारी अस्पताल बनाउन देउवाले स्वीकृती दिएका छन् ।
सरकारी शिक्षक र आश्रित परिवारका लागि उपचार सेवा उपलब्ध गराउने केन्द्रीय शिक्षक अस्पताल चितवनको भरतपुरमा बनाउन देउवाले स्वीकृती दिएका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय शिक्षक अस्पताल भरतपुरमा बनाउने प्रस्ताव स्वीकृत गरेको एक मन्त्रीले बताए ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक अस्पताल चितवनको भरतपुरमा बनाउन उपयुक्त हुने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको थियो।
सरकारी शिक्षकका लागि छुट्टै अस्पताल निर्माण गर्ने विषयमा पूर्वसम्भाव्यता अध्ययन एवम् जग्गा पहिचान समितिले भरतपुरमा नै अस्पताल बनाउन उपयुक्त हुने रायसहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई प्रतिवेदन बुझाएको थियो।
समितिले बुझाएको प्रतिवेदनमा भरतपुर महानगरपालिका–१५ भगवानपुर कित्ता नम्बर (५०, ५१, ५२, ६०, ६१, ६२ र ६३) प्रस्तावित शिक्षक अस्पतालका लागि २१ विद्या जग्गा उपुयक्त रहेको उल्लेख थियो।
प्रचण्डको निर्देशनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उक्त प्रस्ताव तयार पारेर पेश गरेका थिए । उक्त प्रस्ताव सामान्य छलफल पछि पारित भएको श्रोतको दावि छ ।