माधब प्रचण्ड साईड लगाएरै भएपनि एमसिसि पास गर्ने देउवाको तयारि

मंगलबार, १८ माघ २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले विवादित अमेरिकी सहयोग परियोजना एमसीसी पास गराउँन निकै जोड बल गर्न थालेका हुन् ।

स्थानिय तहको निर्वाचनको मिती निर्धारणका बिषयमा भइरहेको बहसलाई ओझेल पार्ने गरि देउवाले एमसीसीको बिषय फेरी अघि सारेका छन् । जेठ भित्र स्थानिय तहको निर्वाचन गर्ने भनेर गठबन्धन दलमा सहमती भएर सरकारलाई मिती तोक्न आग्रह गरे पनि देउवाले स्थानिय तहको निर्वाचन तोक्ने कुनै सुरसार गरेका छैनन् ।

काम कुरो एका तिर कुम्लो तिर ठिमी तिर जस्तो देउवाले गर्न खोजे पछि गठबन्धन दलभित्रै असन्तुष्टि देखिएको छ । अब वार की पार गर्ने नै गरि देउवाले एमसीसीको बिषय अघि बढाएको बताइएको छ । एमसीसी पास हुने ग्यारेन्टी पछि मात्रै देउवाले चुनावको मिती तोक्ने तयारी गरेको स्रोतले बताएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तहको निर्वाचनको मितिका बारेमा हालसम्म आयोगलाई सरकारबाट औपचारिक रूपमा कुनैपनि जानकारी नै आएको छैन ।

‘माघ १५ गते सत्ता गठबन्धनको बैठकबाट जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गराउन सुझाव दिएको कुरा हामीले पनि सञ्चारमाध्यममा प्रकाशित समाचारबाट नै थाहा पाएका हौं,’ प्रवक्ता पौडेलले भने, ‘औपचारिक रूपमा आयोगलाई सरकारका तर्फबाट हालसम्म जानकारी आएको छैन ।’

सरकारले निर्वाचनसँग सम्बन्धित ऐन संशोधन गर्न लागेको विषयमा समेत आयोग पूर्णरूपमा अनभिज्ञ रहेको उनले बताए ।निर्वाचन आयोगले प्रस्ताव गरेको मितिमा नै स्थानीय तहको चुनाव हुनुपर्छ भन्ने कुरामा हामी अझैसम्म कायम छौं,’ पौडेलले भने, ‘उक्त पोजिसनबाट हामी अलिकति पनि दायाँबायाँ भएका छैनौं ।’

निर्वाचन आयोगले हालको निर्वाचन कानूनअनुसार नै चुनाव गर्न सकिने बताउँदै आएको छ । त्यसका लागि निर्वाचन ऐन संशोधन गर्न आवश्यक नरहेको उनको तर्क छ । निर्वाचन आयोगले वैशाख १४ गते एकैपटक वा वैशाख २२ गते दोस्रो चरणमा समेत गरेर चुनावको मिति घोषणा गर्न प्रस्ताव गरिसकेको छ ।