देउवाको ‘एक चुट्की’ले सिध्दियो प्रचण्डको राजनीति

मंगलबार, १८ माघ २०७८

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाका र पुराना राजनीतिक खेलाडि हुन् । उनलाई हत्तपत्त कसैले चलाउन सक्दैन् । विचार गरेर निर्णय गर्ने, बोल्न भन्दा पनि कामबाटै जवाफ दिने प्रधानमन्त्री समेत रहेका देउवाले पछिल्लो समय राजनीतिका उम्दा खेलाली माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल (प्रचण्ड)लाई उत्तानो पारिदिएका छन् ।

निर्वाचन सार्नका लागि विभिन्न बहानाबाजी गरिरहेका प्रचण्डलाई कानुन अनुसार निर्वाचनमा सहभागी गराउन देउवा सफल भएपछि उनको राजनीति सकिएको विश्लेषण हुन थालेको छ । देउवा निर्वाचन आयोगको सल्लाहमा जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् ।

देउवाले नेपाली कांग्रेसका पदाधिकारीको विचमा भएको अनौपचारिक संवादमा समयमै निर्वाचन नगर्नका लागि प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले हदैसम्मको हतकण्डा अपनाएको बताएका थिए ।

काग्रेसका उच्च तहका नेताहरुले निर्वाचन समयमै गर्न दबाव दिएपछि देउवाले पनि आफ्नो व्यथा सुनाएका थिए । ‘के गर्नु यार मैले त संविधान अनुसार समयमै निर्वाचन गरौँ भनेकै हो । उनीहरु मान्दै मान्दैनन् म के गरौँ त ?’

उनीहरु चुनाव भन्ने सुन्नै चाँहदैनन भन्दै देउवाले प्रचण्ड र माधव नेपालले दिएको दुख सुनाएका थिए । देउवाले भनेको प्रत्यक्ष सुन्ने एक काग्रेस पदाधिकारीले बताए अनुसार निर्वाचन गर्ने हो भने गठबन्धन गर्छौ भनेर काग्रेसले ग्यारेण्टी गर्नु पर्ने प्रस्ताव पनि प्रचण्ड र माधव नेपालले राखेका थिए ।

काग्रेसले गठबन्धन गर्ने ग्यारेण्टी गर्छ भने मात्रै हामी चुनाव गराउँन तयार छौँ नभए हाम्रो यसमा सहमती छैन भनेर प्रचण्ड र माधव नेपालले भनेको देउवाले सुनाएको ती नेताले बताए ।

जवाफमा पदाधिकारीहरुले प्रचण्ड र नेपाललाई मनाउने जिम्मा तपाईंको हो भनेका थिए । देउवाले जवाफमा गठबन्धनमा आवद्ध प्रचण्ड र माधव नेपालले चुनावसम्म गठबन्धनको ग्यारेन्टी मागेको पनि जानकारी गराएका थिए ।

“माथिबाट गठबन्धन लाद्ने कुरा छोडौं नभए गएको चुनावमा भरतपुरको नतिजा हेरौं, स्थानीय तहलाई गठबन्धन गर्ने जिम्मा दिऊँ भनेर कुरा मिलाउनुहोस्,” भनेका थिए । पदाधिकारीहरूले देउवालाई चुनावको मितिको उल्झनमा गठबन्धन तन्काए कांग्रेसका लागि घातक हुने सुझाव दिएको एक पदाधिकारीले जानकारी गराए ।

जवाफमा देउवाले आफू चुनाव गराउन तयार भएको दोहोर्‍याएका थिए । “म त तयार छु त यार तर यो उनीहरू मान्दैनन् म के गरूँ,” देउवाले भनेका थिए ।

अनौपचारिक छलफलमा देउवाले नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले आफूलाई एमाले अध्यक्ष केपी ओलीसँग मिलेर गठबन्धनको चाहनाअनुरूप मिति तोक्न नखोजेको आरोप लगाएको पनि सुनाएका थिए ।

देउवाले बैठकमा गठबन्धन विनानै चुनाव हुने नेताहरुलाई विश्वास दिलाएका थिए । यदी गठबन्धन विना चुनाव भए प्रचण्डको पार्टी धेरै कम ठाउँमा मात्र चुनाव जित्ने देउवाको विश्लेषण थियो । प्रचण्डलाई साइजमा ल्याउन गठबन्धन विनानै चुनावमा जानपर्ने नेताहरुको जोड थियो ।