दुर्गा प्रसाईको यस्तो काण्ड बाहिरिए पछि तनावमा केपी ओली !

शनिबार, २२ माघ २०७८

काठमाडौँ – चर्चित व्यापारी दुर्गा प्रसाईको नयाँ काण्ड बाहिरिएको छ । दश दश जना सेक्युरिटी गार्ड बोकेर हिडेको भन्दै चर्को विरोध भइरहेका बेलामा उनको अर्कोका काण्ड बाहिरिएको छ ।

उनले एक जना पत्रकारलाई सार्वजनिक रुपमै धम्की दिएको पाइएको छ । समाचार लेखेकै कारण उनले पत्रकारलाई धम्की दिएको भन्दै चौतर्फी विरोध भएको छ ।

झापास्थित बिएण्डसी अस्पतालका बारेमा एक सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डनका लागि अस्पतालका कार्यकारी निर्देशक समेत रहेका प्रसाईले पत्रकार सम्मेलन गरेर पत्रकारहरूलाई सार्वजनिक रूपमा धम्की दिएका थिए । उक्त धम्की प्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघ झापा शाखाका अनुसार कार्यकारी निर्देशक प्रसाईले अस्पतालबारे एक सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्न माघ १९ गते पत्रकार सम्मेलनको आयोजना गरी पत्रकारहरूलाई सार्वजनिक रूपमा ठाडो धम्की दिएका थिए ।

महासचिव रोशन पुरी द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि सञ्चारमाध्यममा सम्प्रेषित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्न सकिने प्रावधान र स्थापित पद्धति छ ।’

‘यसलाई बेवास्ता गर्दै अस्पतालजस्तो संवेदनशील निकायका जिम्मेवार व्यक्तिबाट पत्रकारलाई सार्वजनिक रूपमा ठाडो धम्की दिनु आपत्तिजनक हुनुका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी काम हो ।’ विज्ञप्तिमा भनिएको छ ।

‘महासंघ पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्रसित बनाउने गरी धम्की दिनेलाई कानुनी कारबाही गरी सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ ।’ विज्ञप्तिमा अगाडि भनिएको छ ।

यो विषयले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि अप्ठ्यारो परेको छ । संधै विवादमा आइरहने प्रसाईलाई ओली पार्टीको केन्द्रीय सदस्य समेत बनाएका छन् ।