अबदेखि एक सयको रिचार्ज गर्दा १० रुपैयाँ फिर्ता पाइने, यसरी लिन सकिन्छ सुविधा (तरिकासहित)

शनिबार, २२ माघ २०७८

काठमाडौँ – अबदेखि नेपाल टेलिकमको रिचार्ज गर्ने ग्राहकले १० प्रतिशत क्यासब्याक पाउने भएका छन् । यो सुविधा डिजिटल वालेट ‘नमस्ते पे’ मा उपलब्ध छ ।

नमस्ते पे मार्फत नेपाल टेलिकमको रिचार्ज गर्दा ग्राहकले १० प्रतिशत क्यासब्याक पाउने भएका छन् । हरेक पटकको एनटी टपअपमा १० प्रतिशत क्यासब्याक पाइने नमस्ते पेले जनाएको छ ।

रिचार्ज ५० रूपैयाँ वा सोभन्दा माथिको गर्नुपर्नेछ । नमस्ते पेबाट टेलिकमको रिचार्ज गर्दा १० प्रतिशत क्यासब्याकसँगै स्मार्टवाच जित्ने अवसर पनि रहेको छ ।

रिचार्ज गर्दा हरेक हप्ता १ जनाले एमआई लाईट स्मार्ट वाच पाउने छन् ।

नमस्ते पे नेपालको नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सयुक्त लगानीमा स्थापना भएको संस्थाको हो । पुँजीका आधारमा नेपालको सबैभन्दा ठूलो डिजिटल वालेट हो ।

नमस्ते पेबाट वालेटमा रकम पठाउन, रिचार्ज गर्न, विद्युत, खानेपानीको बिल तिर्न सकिन्छ । थप सेवा पनि यसमा आवद्ध हुँदै जाने कम्पनीले जनाएको छ ।

नमस्ते पेको मोबाइल एप डाउनलोड गरेर प्रयोग गर्न सकिने छ ।

यो सुविधा लिनका लागि मोवाइलको प्ले स्टोरमा गएर नमस्ते पे डाउण्लोड गर्न पर्ने छ । उक्त एपमा खाता खोलिसकेपछि बैंक मार्फत रकम जम्मा गर्न सकिनेछ ।

त्यही वालेटमार्फत मोवाइल रिचार्ज गर्दा १० प्रतिशत क्यासब्याक प्राप्त गर्न सकिने छ ।