देउवाको एउटा निर्णयले राज्यको ४० अर्ब स्वाहा…

शुक्रबार, २८ माघ २०७८

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाको एउटा निर्णयले राज्यको ४० अर्ब स्वाहा हुने भएको छ ।

मंसिर २४ गते बसेको मन्त्रीपरिषद् बैठकले गरेको एउटा निर्णयले राज्यको ४० अर्ब खर्च हुने भएको हो ।

सरकारले आगामी वैशाख ३० गतेका तोकेको स्थानीय तहको निर्वाचनका लागि राज्यको ४० अर्ब भन्दा बढि खर्च हुने भएको छ ।

चालु आर्थिक वर्षको बजेटमा निर्वाचनका लागि मात्रै रु १० अर्ब बराबरको व्यवस्था भए पनि रु ४० अर्ब बराबरको माग आएको छ ।

अर्थ मन्त्रालयमा बिहीबार आयोजित चालु आवको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुराको जानकारी दिएका हुन् ।

निर्वाचन राष्ट्रिय अभियान भएकाले त्यसका लागि साधन र स्रोत उपलब्ध गराउनु सरकारको दायित्व भए पनि आफूहरू चापमा रहेको उनको भनाइ छ ।

निर्वाचनका लागि बजेट व्यवस्थापन गर्न सरकार लागिपरेको जानकारी दिँदै अर्थमन्त्रीले बजेटको जोहो गरिने र निर्वाचन समयमै सम्पन्न गरिने बताए ।

कानूनी एवं संरचनागत समस्याका कारण बजेटमा व्यवस्था भएबमोजिमको विकास बजेट खर्च हुन नसकेको भन्दै उनले जग्गा प्राप्ति तथा स्रोत नै उपलब्ध नभएको आयोजना राख्ने प्रवृत्ति पनि उत्तिकै जिम्मेवार रहेको उल्लेख गरे ।

उनले निर्वाचन आयोगले अस्वभाविक बजेट माग गरेको भन्दै यसमा केही तलमाथि हुने समेत बताए ।