तीन दलको बैठक लगत्तै बालुवाटार पुगे प्रचण्ड

बिहिबार, १२ फाल्गुन २०७८

काठमाडौं – अमेरिकी सहयोग परियोजना एमसीसीबारे सत्तारुढ तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ ।

माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच सिंहदरबारमा छलफल भएको हो ।

एमसीसीबारे आजदेखि संसदमा छलफल सुरु हुँदैछ । त्यसअघि बसेको तीन दलका शीर्ष नेताहहरुको बैठकमा मत विभाजनमा जाँदा के गर्ने भन्नेबारे छलफल भएको हो

छलफल लगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । ‘

प्रधानमन्त्रीले नै छलफल गर्न बोलाउनुभएकाले जानुभएको हो’ माओवादी केन्द्रका एक नेताले भनेका छन् ।