रुसी सेनाको कब्जामा युक्रेनको राजधानी, यस्तो अबस्थामा भेटिए राष्ट्रपति

शुक्रबार, १३ फाल्गुन २०७८

किभ – युक्रेनको रक्षा मन्त्रालयले रुसी सेनाहरु राजधानी किभ कब्जा गर्न सुरु गरेको छ । उनीहरु राजधानी आइसकेको युक्रेनको रक्षा मन्त्रालयले जनाएको छ ।

ट्विटरमार्फत् रुसी सेनाहरु राजधानी किभमै घुसेर आक्रमण गर्न थालेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार रुसी सेनाहरु संसद भवनदेखि मात्र ९ किलोमिटर टाढा छन्।

यस्तै युुक्रेनको काउन्टर इन्टलिजेन्सका अनुसार राजधानी किभलाई नियन्त्रणमा लिइसकेपछि अन्य क्षेत्रमा पनि कारवाही गरेर पुरै युक्रेन कब्जा गर्ने रुसको लक्ष्य रहेको छ।

खबरअनुसार रुसी सेनाले क्रुज क्षेप्यास्त्रहरु हानेका छन् । सैन्य ठेगाना र हतियार भण्डार क्षेत्रहरुमा बमहरु खसाइएको छ।

रूसी सेनाहरुले देश नै कब्जा गर्ने अवस्था आएपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमा राष्ट्रसँग सैन्य सहायता माग गरेका छन्। यद्यपी रुसमाथि आर्थिक प्रतिबन्धको घोषणा मात्र भएको छ।

अमेरिकाले अमेरिकी सेना कहिल्यै युक्रेन नजाने बताएको छ । अमेरिकाले सहयोग नगरेपछि राष्ट्रपति जेलेन्स्कीले राजधानी छोडेका छन् । उनी युद्धरत क्षेत्रमा गएर सेनालाई हौसला दिइरहेका छन् । उनले युक्रेनको जित निश्चित भएको भन्दै सेनाहरुलाई नआत्तिन आग्रह गरेका छन् ।

तर नेटोमा आवद्ध मुलुुकहरुमा रुसले आक्रमण गर्न थाल्यो भने अमेरिकाले रुसमाथि युद्ध थाल्ने राष्ट्रपति जो बाइडेनको भनाइ छ।

रूसी राष्ट्रपति पुटिनले पूर्वी युक्रेनमा रहेका विद्रोही नियन्त्रित क्षेत्र डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्यको घोषणा गर्दै औपचारिक रुपमै युक्रेनमा सैन्य कारवाही थाल्न आफ्ना सेनालाई निर्देशन दिएपछि युक्रेनको राजधानीसम्मै आक्रमण भइरहेका हुन्।

रुसले तेस्रो पक्ष आन्तरिक मामिलामा हस्तक्षेप गर्न आइपुगे उसलाई पनि आफूले नछाड्ने चेतावनी दिएको छ।

सोभियत संघको पतनपछि सन् १९९१ मा युक्रेन रुसबाट अलग भएको थियो। त्यसयता युक्रेनले पश्चिमा राष्ट्रसंग लगातार सम्बन्ध बढाएको छ जुन रुस रुचाउँदैन।

युक्रेन अमेरिकाले नेतृत्व गरेको सैन्य गठबन्धन नेटोमा आवद्ध हुन खोजेपछि रुस क्रुद्ध भएको हो। रुसले अमेरिका लगायत अन्य युरोपेली राष्ट्रलाई युक्रेनलाई नेटोमा आवद्ध नगराउन आग्रह गरेको थियो।

तर अमेरिकाले रुसी मागको अस्वीकार गरेको थियो।