पुटिनलको युद्धमा जेलमा हालीएका रुसका विपक्षी नेता एलेक्सी नभाल्नीको यस्तो छ भनाई
काठमाडौं– जेलमा रहेका रुसी विपक्षी नेता एलेक्सी नभाल्नीले रुस शान्तिप्रिय देश बन्न चाहेको तर अपशोच निकै कम मानिसहरुले मात्रै रुसलाई शान्तिप्रिय देश भन्ने जनाएका छन् ।
युक्रेनमाथि रुसको आक्रमणको चर्चा गर्दै उनले मंगलबार एकपछि अर्को गरी कैयौं ट्वीट गरे ।
उनले भने ‘आउनुहोस् कमसेकम हामी डराएर चुप हनु हुदैन जनताको देश त बनौं । हामी यस्ता कायरहरुको देश नबनौं जो युक्रेनविरुद्ध आक्रमक युद्धलाई ध्यान नदिने बहाना बनाओस् । त्यो युद्धमाथि जसलाई हाम्रा सनकी जारले सुरु गरेका छन् ।’
उनले सय वर्ष पुरानो ऐतिहासिक बकवास घटनाहरुलाई आधार बनाएर युक्रेनीहरुलाई मारिँदा र युक्रेनीको आत्मरक्षामा रुसीहरु मारिँदा आफू चुपचाप बस्न नसक्ने जनाए । नभाल्नीले अहिले २१ औं शताब्दीको तेस्रो दशक भएको बताउँदै अहिले आफुहरुले मानिसहरुले ट्यांक जलाएको र घरहरुमा बमबारी गरिरहेको देखिरहेको बताए ।
उनले भने ‘अहिले हामीले आफ्ना टिभीमा परमाणु युद्ध सुरु हुने वास्तविक खतरा देखिरहेका छौं । म स्वयं सोभियत संघको हुँ ।
म जन्मिएपछि सानैदेखि एउटा वाक्य सुन्दै आएको छु शान्तिको लागि युद्ध । म सबैसँग अपिल गर्छु कि सडकमा उत्रिनुस् र शान्तिको लागि लड्नुस् ।’
नभाल्नीले अगाडि भने ‘पुटिन रुस होइनन् । आज यदि तपाइँले रुसमा केही पनि राम्रो देख्नुहुन्छ जसमाथि तपाइँलाई गर्व लाग्छ भने त्यो ती ६८२४ जनाको कारणले हो जसलाई कैद गरेर राखिएको छ ।
किनकि उनीहरु कुनै अपिल बिना ‘युद्ध चाहिँदैन’ भन्ने ब्यानर बोकेर सडकमा उत्रिए ।’