आईपीओ पारिदिन भन्दै कम्पनीका संचालक जब ग्लोवल आईएमई क्यापिटल पुगे
काठमाडौं – धेरैलाई लाग्दो हो, आईपीओ बाँडफाँडमा धाँधली हुन् । अर्थात आफ्ना मान्छेलाई आईपीओ पार्नका लागि षड्यन्त्र हुन्छ ।
त्यस्तो सोच सर्वसाधारण मात्र होइन् आईपीओ निष्काशन गर्ने संस्थाका प्रबन्ध संचालक पनि लागेको रहेछ । लघुवित्तका प्रबन्ध सञ्चालक विश्वप्रकास प्रशाईंले आफु पनि अहिलेसम्म आईपीओ बाँडफाँडको प्रक्रियाका विषयमा स्पष्ट नभएको बताउँदै नेष्डोको देखेपछि जानकारी पाएको बताए ।
उनले आम नागरिकमा सेयर बाँडफाँड गर्दा आफन्तलाई वा चिनेजानेकालाई मात्रै पार्छन् भन्ने भ्रम भएको पनि जानकारी दिए ।
उनले एउटा प्रशंग जोड्दै भने, ‘सर्वसाधारणमा अझैँ पनि आफ्नालाई सेयर पार्छन् भन्ने भ्रम छ, त्यो भ्रम मैले चिनेजानेकामा पनि रहेछ, मेरै कम्पनी (नेष्डो सम्वृद्ध लघुवित्त) को आईपीओ निश्कासन गरेपछि पनि एक सयभन्दा बढीले मलाई आईपीओ पारिदिनु भनेर पठाए, मैले पनि हाल्दिँदा के जान्छ र भनेर सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका सरहरुलाई आग्रह गरेँ तर, उहाँहरुले यस्तो हुँदैन नी यो त लक्की ड्रबाट हुन्छ भनेर प्रक्रिया गरेर देखाएपछि म प्रष्ट भएँ, यस्तो भ्रम कसैले नराखौं,’ उनले भने ।
प्रबन्ध सञ्चालक प्रसाईंका अनुसार पर्वतबाट उनलाई १ सयभन्दा बढी उनका आफन्तले सेयर पारिदिनु भनेर डिम्याट खाता पठाएका थिए ।
मंगलबार नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भएको थियो । नेष्डो समृद्ध लघुवित्तको सेयरका लागि २६ लाखभन्दा बढीले आवेदन दिएका थिए ।
२६ लाखमध्ये ७७ हजार ४५६ जनाले मात्रै संस्थाको सेयर हात पारे भने तीन जनाले थप १ कित्ता अर्थात ११ कित्ता सेयर पाए ।
‘नेष्डो सम्वृद्ध लघुवित्त पर्वतको संस्था हो, आईपीओ हाम्रो लागि नयाँ विषय थियो, मलाई पनि सेयर बाँडफाँडको विषयमा खासै जानकारी थिएन, तर, नेष्डो सम्वृद्धिको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको प्रक्रिया देखेर म प्रष्ट भएँ, यसमा कुनै धाँदली हुने रहेनछ,’ उनले भने ।
सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्ण आचार्यले पनि नेपालको सेयर बाँडफाँड प्रक्रियामा कुनै कमजोरी नभएको बताए । उनले सबै सिस्टमबाट आईपीओ बाँडफाँड हुने भएकोले लक्की ड्रका आधारमै आवेदकले सेयर पाउने धारणा राखे ।
यस्तै, उनले सेयर भर्नेहरु नै अब निराश हुनु पर्ने अवस्था आएको बताए । आईपीओ निष्काशन हुँदा मागभन्दा बढी आवेदन पर्दा थोरै लगानीकर्ताहरूले मात्रै सेयर पाउनाले पनि अधिकांशले निराश हुनु परेको बताए ।