सर्वोच्च अदालतमा गोरु ब्यायो, पाँचवटा बाच्छा पायो : केपी ओली
पोखरा – एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले आफू नेतृत्वको सरकार ढाल्ने न्यायाधीशलाई अमेरिकाबाट इमेल आएको दाबी गरेका छन् ।
पोखरामा शुक्रबार प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले भने, ‘एकजना न्यायाधीशको अभिव्यक्ति हुन्छ, एउटा इमेल आउँछ ।’
उनले भने, ‘अमेरिकाबाटै इमेल आउँछ । केपी ओलीको सरकार ढाल्नु नै थियो । ‘
‘नढाली भएको थिएन, किन न्यायाधीशको के बिगारिदिएको थियो त्यो सरकारले वर्गीय पूर्वाग्रह, दुराग्रह र विकास विरोधीको एउटा षड्यन्त्रको हिस्सेदार भएर सरकार ढाल्ने काम भएको थियो ।’ उनले भने
संविधान बाहिर गएर आफू नेतृत्वको सरकार ढालेको आरोप लगाउँदै उनले अदालतले सरकार बनाउने बताए ।
‘संविधान बाहिर गएर सरकार ढालियो,’ उनले भने, ‘ संविधान बाहिर गएर जननिर्वाचित प्रगतिशील सरकारलाई ढालेका छौँ ।’
उनले भने, ‘संसदले सरकार बनाउने र भत्काउने गर्छ । संसद र जनप्रतिनिधिको काम हो । अदालतको होइन ।’
‘तर, नेपालमा, एकपल्ट एकजनाले भनेका थिए, गोरु ब्याउँदैन भन्थे, सर्वोच्च अदालतमा गोरु ब्यायो ।’ उनले भने
‘अहिले गोरु ब्यायो मात्र होइन, पाँचवटा बाच्छा पायो ।’ उनले भने