यस्तो पो रहेछ ओलीले एक्लै चुनाव जित्छु भन्नुको कारण, बल्ल खुल्यो रहस्य

शनिबार, २८ फाल्गुन २०७८

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका हरेक भाषणमा एक्लै चुनाव लडेर जित्छु भन्ने आशय देखिन्छ । उनी कन्फिडेन्टका साथ गठबन्धनलाई हराएरै छोड्छु भनेर भाषण गर्छन् ।

त्यसरी बोल्नुको रहस्य बल्ल खुलेको छ । नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले त्यसरी चुनाव जित्छु भन्ने ओलीको बोली नभएर पैँसा बोलेको बताए ।

आगामी चुनावलाई लिएर नेपाली कांग्रेस र नेकपा एमालेका कतिपय नेताहरुले पैसाको धाक लगाइरहेको उनको भनाई छ ।

शनिबार नेकपा एकीकृत समाजवादी इलाम–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा उनले एक्लै चुनाव जित्छु भन्नु पैसाको धाकमात्र भएको बताए ।

‘अब चुनावमा विभिन्न खालका शक्तिहरु अहिले आउँदैछन् । एउटा कांग्रेस, काँग्रेस त बोरामा पैसा बोकेर आउँछ । उनीहरुको चरित्र पनि त्यस्तै हो । हामी सबै जित्छौँ भनिरहेका छन् नि केही कांग्रेसहरुले, त्यो सबै धाक पैसाको हो । अरु केही होइन’ उनले भने ।

तर प्रधानमन्त्री शेरबहादुर देउवासहितका कतिपय नेताहरु भने सत्तारुढ गठबन्धनको एकता कायम गर्नुपर्छ भन्नेमा प्रष्ट रहेको बताए । ‘कांग्रेसभित्र दुई धार प्रष्ट छ । नेतृत्वले जे निर्णय गर्छ त्यही हुन्छ’ उनले भने ।

नेकपा एमालेले पैसाको बलमा चुनाव जित्ने दावी गरिरहेको उनले बताए ।

‘एमालेको अर्को बैठक भयो, आफ्नो क्याम्पेन इलाम क्षेत्र नम्बर १ बाट गर्ने भन्ने भयो । केपी ओलीलाई ६ गते लाने रे । के हुन्छ, कति मान्छे भेला गर्छन् हेर्न बाँकी नै छ । त्यति मात्रै होइन उनीहरुले पनि बोरामा नै पैसा लाने हो’ उनले भने ।

नेता खनालले आफ्नो पार्टीसँग पैसा नभएको बताउँदै जनता र सर्वहारा वर्गको पार्टीको रुपमा नेकपा एकीकृत समाजवादी रहेको दाबी गरे ।