आजपनि भयो गृहमन्त्री खाण र प्रवक्ता प्रकाण्डबीच भेटवार्ता
काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाण र नेकपाका प्रवक्ता प्रकाण्डबीच भेटवार्ता भएको छ ।
एक बर्षअघि भएको तीन बुँदे सहमति कार्यन्वन गर्नका लागि दवाव दिन प्रकाण्ड सिंहदरवार पुगेका हुन् ।
गृह मन्त्रालयमा भएको भेटवार्तामा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा महासचिव विप्लवसहित भएको वार्तामा उठेका विषयवस्तुको कार्यान्वयन पक्षबारे छलफल भएको थियो ।
छलफल सकारात्मक रहेको दुवै पक्षले जनाएका छन् ।
भेटमा गृहमन्त्री खाणले विप्लव नेतृत्वको नेकपासँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकारले पहल गरिरहेको बताएका थिए ।
नेकपा र सरकारबीच २०७७ फागुन २० गते तीन बुँदे सहमति भएका थियो ।
तीन बुँद् सहमति पछि नेकपा शान्तिपूर्ण राजनीति गर्दै आएको छ । नेकपाले वैज्ञानिक समाजवादी स्थापनाका लागि संघर्ष गरिरहेको छ ।
त्यसका लागि पछिल्लो समय कार्यनीतिका रुपमा जनमत संग्रहको नारा अगाडि सारेको छ । वैज्ञानिक समाजवाद स्थापनाका लागि सबै राजनीतिक दलसँग छलफल गर्दै आफ्नो एजेण्डा स्थापित गरेको छ ।
सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनमा सहभागी हुने कि नहुने भन्ने विषयमा पछि छलफल भइरहेको छ । स्थानीय तहको निर्वाचन भन्दा अघि राजबन्दीहरुको रिहाइ र झुटा मुद्धा खारेज होस भन्ने नेकपाले चाहेको छ ।