रुसीको आक्रमणबाट ढल्यो अमेरिकाको मेरुदण्ड
एजेन्सी – दुइै हप्तादेखि रुसले युक्रेनमाथि हमला गरिरहेको छ । उक्त हमलाबाट हजारौँ युक्रेनी नागरिकको ज्यान गएको छ ।
पछिल्लो समय रुसी सेनाहरुले अमेरिकाका प्रतिनिधिहरुलाई पनि निसाना बनाएका छन् । रुसी सेनाको हमलामा न्युयोर्क टाइम्सका एक पत्रकार मारिएका छन् ।
इरपिन सहरमा रुसी फौजको हमलामा न्युयोर्क टाइम्सका भिडियो पत्रकार ब्रेन्ट रिनाउड मारिएको किभ क्षेत्रका प्रमुखले बताएका छन् ।
हमलामा अर्का एक जना घाइते भएका छन् ।
इरपिनमा युक्रेन युद्धको समाचार रिपोर्ट गरेका भिडियो पत्रकार ब्रेन्ट रिनाउडको रुसी सेनाको गोली प्रहारमा मृत्यु भएको किभ प्रहरी प्रमुखले पुष्टि गरेका छन् ।
गोली लागेर उनका पार्टनर घाइते बनका छन् ।
ब्रेन्टको न्युयोर्क टाइम्सको प्रेस पास भए पनि उनी युद्ध क्षेत्रमा असाइनमेन्टमा नरहेको प्राप्त विवरणहरुमा जनाइएको छ ।
रुस विरुद्ध भ्रामक समाचार सामाग्री तयार पारिरहेका उनलाई रुसले निसाना बनाएको थियो । अमेरिकाले युक्रेनलाई उस्काएर भागेको थियो ।
विशेषगरी रुससँग लड्नका लागि आफूले सहयोग गर्ने घोषणा गरेको अमेरिका हतियार बेच्ने बाहेक अरु केही गरेको छैन् । अमेरिका आफ्नो हतियार विक्रि गर्नका लागि एउटा देश र अर्को देश भिडाउने गर्छ ।