एमाले नेता भीम रावलमाथि प्रधानमन्त्री शेरबहादुर देउवा किन हो यति धेरै आक्रोश

सोमबार, ३० फाल्गुन २०७८

काठमाडौं – राष्ट्र र राष्ट्रियताका सवालमा जब्बरसँग आवाज बुलन्द गर्ने नेकपा एमालेका नेता भीम रावलमाथि प्रधानमन्त्री शेरबहादुर देउवाले रोस प्रकट गरेका छन् । उनले एमसीसी पारित गर्दा नेकपा एमालेका नेता भीम रावल चर्को स्वरले बोलेको भन्दै तितो वचन बोलेका हुन् ।

आज नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासनिक भवन उदघाटनमा पुगेका देउवाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा पेस गरेको प्रस्ताव नै पास भएको जिकिर गर्दै त्यतिबेलाका रक्षामन्त्री रावलले ‘किन राजीनामा नदिएको’ भनी प्रश्न गरे ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसीको बारेमा एमाले सांसद भीम रावलले विरोध गरेको भन्दै आक्रोश पोखेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र रावल रक्षामन्त्री भएको मन्त्रिपरिषद् बैठकले एमसीसी संसदमा पेस गर्ने निर्णय गरेको भन्दै प्रधानमन्त्री देउवाले कडा प्रतिक्रिया दिएका हुन्।

नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनका क्रममा उनले भने, ‘आफैं रक्षामन्त्री भएको क्याबिनेटबाट पास गरेर एमसीसी पास गर्न संसदमा ल्याउने, अहिले किन टाउको दुख्यो रु उसबेला दिमाग खुस्क्याथ्यो रु त्यो बेला किन बिरोध नगरेको रु राजीनामा गर्नुपर्दैन, लाज छैन रु’

रावलप्रति कडा रुपमा प्रस्तुत भएका देउवाले एमसीसी संसदबाट पास गर्नुपर्छ भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा पेस गरेका जानकारी गराए। रावल रक्षामन्त्री भएको स्मरण गराए।

उनले थपे, ‘आफैं पास गर्ने, मन्त्री हुने, राजीनामा किन गर्नुभएनरु के हेरेर बसेका थिएरु उनले राजिनामा गर्नुपर्थ्यो।’ रावलले अहिले विरोध गर्नुको तुक नभएको बताउँदै लाज मान्नुपर्ने देउवाको भनाइ थियो।

एमाले नेता भीम रावलले सुरु देखि अहिलेसम्म नै एमसीसीको विरोध गर्दै आएका छन्।