एमालेसँग आलेको बार्ता असफल, कांग्रेससँग हुँदैछ सेटिङ
काठमाडौँ – संस्कृति, पर्याटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आले सरकारबाट बाहिरिने डरले निकै तनावमा छन् । नेकपा हुँदा सरकारमा बसेर मन्त्रीको स्वाद चाखेका आले पार्टी फुटाएरै भएपनि दोश्रो पटक मन्त्री बन्न सफल भए ।
नेकपा एकीकृत समाजवादी पार्टीले पहिलो लटमा मन्त्री बनेका नेताहरुलाइै फिर्ता बोलाउने तयारी थालेपछि आलेको डौडधुप बढेको छ । मन्त्री बन्नकै लागि पार्टी फुटाउन सक्ने उनी अहिले फेरी पनि मन्त्रीमा टिकी राख्न विभिन्न सुत्रहरुको प्रयोग गरिरहेका छन् । उनको कोटाबाट मन्त्री बनेका श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठसहित आफू सरकारबाट बाहिरिने पक्षमा छैनन् ।
माधवकुमार नेपालले सरकारबाट फिर्ता नबोलाउन भनेर उनी रातारात एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गए । ओलीले पनि पहिला मन्त्रीबाट राजीनामा दिएर आउन भनेपछि उनीहरुको नजर नेपाली कांग्रेसतीर परेको छ ।
नेपाली कांग्रेसका जिल्ला स्तरका नेताहरुसँग आलेले छलफल चलाएका छन् । डोटीमा वीरबहादुर बलायरबाहेक नेपाली कांग्रेसका सबै जिल्ला स्तरका नेताहरुले आलेलाई नेता मान्ने गरेका छन् । बलायरले पनि आले कांग्रेसमा प्रवेश गर्दा आफू टिकट नपाउने डरले रोक्न खोजेका हुन् । अन्यथा आलेलाई स्वीकार्न डोटीको सिंगो जिल्ला पार्टी तयार छ ।
नेपाली कांग्रेसका एक नेताका अनुसार आलेले कांग्रेस प्रबेश गर्न खोजेका छन् । आफ्नो पुरानो घर कांग्रेस भएको र आफू कांग्रेस प्रवेश गर्न तयार रहेको बताउने गरेको उनको भनाई छ ।
आलेलाई कांग्रेसमा भित्र्याउन प्रधानमन्त्री शेरबहादुर देउवा पनि सकारात्मक देखिएका छन् । तर बलायरलाई कसरी मिलाउने भनेर देउवाले ठोश निश्कर्ष निकाल्न नसकेको नेताहरुको भनाई छ । पूर्वमन्त्री भइसकेका बतायरले आलेलाई स्वीकार्ने सम्भावना नभएपछि देउवाले रमेश लेखकलाई मिलाउने जिम्मेवारी तोकेका छन् ।
लेखकले बलायरलाई आगामी निर्वाचनमा प्रदेशसभामा लड्न दवाव दिइरहेका छन् । बलायरले प्रदेशसभामा लडाउने भए मुख्यमन्त्रीका लागि ग्यारेन्टी गर्नपर्ने अडान राखेका छन् । देउवाले निर्णय नदिएकाले यो विषयले पार पाउन सकेको छैन् । श्रोतले दिएको जानकारी अनुसार आले लगायत नेताहरुलाई नेकपा एसले मन्त्रीबाट फिर्ता बोलाएको भोलीपल्ट पार्टी प्रवेश गर्ने सम्भावना रहेको छ ।