गठबन्धन तोड्ने प्रचण्डको घोषणा !

बुधबार, २३ चैत्र २०७८

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूले भनेको जस्तो तालमेल नभए गठबन्धन तोड्ने घोषणा गरेका छन् । विशेषगरी भरतपुर महानगरपालिका माओवादीले नपाए गठबन्धन तोड्ने  घोषणा गरेका हुन् ।

भरतपुरमा फेरी रेणु दाहाललाई मेयर बनाउने प्रचण्डको तयारी छ । भरतपुरमा मेयरको टिकट माओवादी केन्द्रलाई नदिए गठबन्धन तोड्न सक्ने प्रचण्डको भनाई छ ।

उनले कांग्रेसले नछोडे एमालेसँग मिलेर भएपनि भरतपुरमा मेयर उठेरै छाड्ने बताए । चितवन कांग्रेसको आइतबार बसेको जिल्ला कार्य समितिको बैठकले भरतपुरमा मेयर नपाए एकल रूपमै चुनावमा जाने घोषणा गरिसकेको छ ।

सोही कुरालाई लिएर प्रचण्ड यति बेला गठबन्धन तोड्न पनि पछि नहटने मुडमा पुगेको माओवादी केन्द्रका एक नेताले बताए । कांग्रेस लचिलो भएन भने गठबन्धन दुर्घटनामा जान सक्ने ती नेताको भनाई छ ।

अहिले महानगरको मेयर माओवादी केन्द्रकी रेणु दाहाल रहेकी छन् । दाहाललाई मेयर बनाउन २०७४ सालमा कांग्रेसले नै सहयोग गरेको थियो ।

कांग्रेससँग तालमेल गरेरै दाहालले चुनाब जितेकी थिइन् । अघिल्लो स्थानीय चुनावमा मनोनयन फिर्ता लिने दिनमा तालमेल घोषणा भएको थियो । पहिलेका चुनावहरूको नतिजाको आधारमा तुलनात्मक रूपमा वाम घटकभन्दा भरतपुरमा कांग्रेस बलियो मानिन्छ ।

तर बलियो भए पनि मेयर पद छाडेका कारण त्यस बेलादेखि चुलिएको असन्तुष्टि अझै कायम छ । त्यसैले यस पटक कुनै पनि हालतमा कांग्रेस मेयरको पद छोड्ने पक्षमा छैन ।

भरतपुरमा माओवादी केन्द्र र कांग्रेस मध्य कसले मार्ला बाजी त्यो भने त्यो भने समयले देखाउला नै ।