माधव नेपाललाई झट्का, निर्वाचन आयोगले लियो एक्सन

सोमबार, २८ चैत्र २०७८

काठमाडौँ – माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमाथि निर्वाचन आयोगले एक्सन लिएको छ । आयोगले नेकपा एससँग स्पष्टीकरण सोधेर एक्सनमा उत्रिएको हो ।

राजधानीको भृकुटीमण्डपमा आयोजना गरिएको कार्यक्रम आचार संहिताविपरीत भएको गुनासोका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो ।

‘नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले मिति २०७८/१२/२६ मा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको आमसभामा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उलंघन भएको भन्ने गुनासो आमसञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत जानकारी हुन आएकाले सो सम्बन्धमा के कसो भएको हो ३ दिनभित्र जवाफ माग गरिएको छ’, आयोगको निर्णयमा भनिएको छ ।