सचिवको रामधुलाई गरेर वडाध्यक्षले दिए राजीनामा

शुक्रबार, ९ बैशाख २०७९

जनकपुरधाम – सचिवको रामधुलाई गरेर एक वडाध्यक्षले राजीनामा दिएका छन् । सर्लाहीको बलरा नगरपालिका ७ का वडाध्यक्ष अवधेश मण्डलले आफ्नै वडाका सचिव रामेश्वर पण्डितलाई सामधुलाई गरेका हुन् ।

शुक्रबार वडाध्यक्ष पदबाट राजीनामा दिएर वडाका समान बुझाउने क्रममा विवाद भएपछि सचिवलाई कुटेका हुन् । उनीहरूबीच बरबुझारथका विषयमा विवाद भएपछि कुटाकुट भएको नगर प्रमुख अभय कुमार सिंहले जानकारी दिए ।

नगर प्रमुख सिंहकाअनुसार वडाध्यक्ष मण्डलले बिहीबार बझबुझारथ गरेको कागजातमा हस्ताक्षर गर्न आग्रह गरेका थिए । तर, सचिव पण्डितले सही गर्न नमान्दा विवाद भएको हो ।

वडाध्यक्षले सचिवको टाउकोमा कुर्सी प्रहार गरेका छन् । उनको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । टाउकोमा १२ वटा टाँका लगाइएको छ । अहिले उनको जिल्ला अस्पताल सर्लाहीमा उपचार भइरहेको छ ।