केसीएल अस्ट्युट क्यापिटलको अध्यक्षमा दीपक पाण्डे पुन : निर्वाचित
पौष २३, काठमाडौं – केसीएल अस्ट्युट क्यापिटलको अध्यक्षमा चार्टड एकाउन्टेन्ट दीपक पाण्डे पुन : निर्वाचित भएका छन्। आइतबार बसेको संचालक समितिको बैठकले उनलाई पुन: अध्यक्ष पदमा निर्वाचित गरेको हो। कम्पनीले नियामक नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)को अनुमतिपत्र पाएको छ।
हात्तिसार, काठमाडौंमा मुख्यालय रहेको यस कम्पनीलाई लगानी व्यवस्थापनको इजाजत हुनेगरी धितोपत्र व्यवसायीको अनुमति दिएको हो।
अध्यक्षमा निर्वाचित पाण्डे नेपाल चार्टड एकाउण्टेण्टस संघका उपाध्यक्षसमेत हुन्।