सेयर बजार खुल्ने समय परिवर्तन !

बुधबार, १४ बैशाख २०७९

काठमाडौं – शेयर बजार खुल्ने समय तालिका परिवर्तन हुने भएको छ । सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि नेप्सेले पनि समय तालिका परिवर्तन गर्न लागेको हो ।

सरकारको निर्णय पछि सेयर कारोबार पनि शनिबार र आइतबार बन्द गर्ने नेप्सेले तयारी गरेको छ । शुक्रबार पनि कारोबार सञ्चालन गरेर हप्ताको ५ दिनै कारोबार गर्ने नेप्सेको पारम्भिक तयारी छ ।

यद्यपी, यसबारेमा नेप्सेले कुनै निर्णय भने नगरेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए । ‘सरकारको निर्णयसँग सेयर बजार पनि शनिबार र आइतबार बन्द हुन सक्छ भने शुक्रबार कारोबार खुलाउन सकिन्छ । तर, सेयर बजार पनि बन्द हुनेछ भनेर निर्णय भने अहिले नै भएको छैन ।’ उनले भने ।

मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले जेठ १ गतेदेखि परिक्षणका लागि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।