आफूलाई आईजीपी नियुक्ति गर्नुपर्ने भन्दै, एआईजी पोखरेल सर्वोच्चको ढोकामा

सोमबार, १९ बैशाख २०७९

काठमाडौं – प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल आफुभन्दा जुनियरलाई आईजीपी  बनाएको  भन्दै   सर्वोच्च अदालत गएका छन् । उनले वारेसमार्फत दिन लागेको रिट सर्वोच्च अदालतमा पेश गरेका हुन्  ।

अर्का अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाले भने आफू रिट लिएर जाने वा नजानेबारे कानुनी परामर्शमा रहेको बताएका छन् ।

आइतबार मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षकमा एआईजी धिरजप्रताप सिंहलाई बढुवा गरेपछि  पोखरेल असन्तुस्ठ  बनेका थिए  । सिंह भन्दा वरिष्ठ एआईजी पोखरेलले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा अगाडि रहेको भन्दै आफूलाई महानिरीक्षक बनाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट लिएर गएका हुन् ।