भुवन केसिकी प्रेमिका जिया लागिन् बालेन शाहको चुनाव प्रचारमा, अनमोल के गर्लान् ?

बिहिबार, २२ बैशाख २०७९

काठमाडौं – भुवन कांग्रेस प्रवेश गरिरहँदा उनकी प्रेमिका जिया केसी भने खुलेरै काठमाडौंको मेयरका उम्मेदवार बालेन शाहको प्रचारमा लागेकी छिन् । फेसबुकमा बालेनको तस्वीर सेयर गर्दै जियाले ‘हाम्रोलाई भन्दा राम्रोलाई जिताऔं, यसपालिको भोट चाहिं बालेनजीलाई दिलाऔं’ भनेर लेखेकी छन् ।

स्थानीय चुनाव नजिकिंदै गर्दा कलाकार पनि पार्टी र उम्मेदवारको पक्षमा विभाजित हुन थालेका छन् । कतिपयले चाहिं चुनावलाई लिएर मौनता साँधिरहेका छन् ।

कलाकारको घरभित्रै पनि चुनावलाई लिएर मत विभाजन हुन थालेको हो । अभिनेता भुवन केसीको घर यस्तो एउटा उदाहरण हुनसक्छ । गत सोमबार केसी खुलेरै कांग्रेस प्रवेश गरे ।

केही वर्षदेखि भुवन र जिया लिभिङ टुगेदरमा छन् ।

भुवन पुत्र अनमोल केसीले पनि चुनावलाई लिएर मौनता साँधेका छन् । अनमोलको फिल्म ‘ए मेरो हजुर ४’को प्रचारमा बालेनले साथ दिएका थिए । उनले खुलेरै फिल्म हेर्न अनुरोध गरेका थिए । त्यतिबेला अनमोल र सुहाना थापाले बालेनको प्रशंसा गरेका थिए ।

के अनमोलले बालेनको गुन तिर्लान् रु चुनाव आउन एक साता बाँकी रहँदा अनमोल के बालेनको पक्षमा खुल्लान् रु यो जान्नु रोचक हुनेछ ।