वन मन्त्रालयका सह-सचिव श्रेष्ठद्वारा एक करोड ४४ लाख भ्रष्टाचार
पौष २५, काठमाडौं – यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक एवं हाल वन तथा वातावरण मन्त्रालयको सहसचिव पदमा कार्यरत चन्द्रमान श्रेष्ठले सार्वजनिक पद धारण गरेपछि एक करोड चौतीस लाख भ्रष्टाचार गरेको अभियोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले बुधबार श्रेष्ठसँग तीन करोड ४४ लाख ७७ हजार पाँच सय ८० रूपैयाँ स्रोत नखुलेको सम्पत्ति रहेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । मुद्दा दायरसँगै श्रेष्ठ निलम्बनमा परेका छन् ।
आयोगका सहप्रवक्ता मदन कोइरालका अनुसार श्रेष्ठले २०३८ साल माघ २८ गते सरकारी सेवा प्रवेश गरेदेखि अनुसन्धानको अवधिसम्म उनले तीन करोड ४४ लाख ७७ हजार पाँच सय असी रूपैयाँ आर्जन गरेका र त्यसमध्ये दुई करोड १० लाख ७७ हजार चार रुपैयाँको मात्र स्रोत खुलेको जानकारी दिए ।