भरतपुर महानगरमा रेनु दाहालको अग्रता, रेनुको पछि छोडेनन् विजयले !

मंगलबार, ३ जेष्ठ २०७९

काठमाडौँ – चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल र एमालेका विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भइरहेको छ। पछिल्लो परिणाममा सत्ता गठबन्धनतर्फका माओवादी केन्द्र उम्मेदवार दाहालले अग्रता बढाएकी छन्।

१८ हजार ४७ मत गणना हुँदा रेणुले ६ हजार १९ मत प्राप्त गरेकी छन्। एमालेका सुवेदीले ५ हजार ९५६ प्राप्त गरेका छन्। दाहाल र सुवेदीबीच ६३ मतान्तर रहेको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ९३७ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले ७ हजार ३४६ मत प्राप्त गरेका छन्। राप्रपाकी हिमला गुरुङले ४ हजार ८८३ मत प्राप्त गरेकी छन् ।