राजनीतिक दलका उमेदवारको बालेनले उडाए सातो, डबल मतको अग्रता कायमै

मंगलबार, ३ जेष्ठ २०७९

काठमाडौं – काठमाडौं महानगरपालिकको जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रतालाई कायम राखेका छन् । उनले १०७९७ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले ५७८७ मत पाएका छन् । स्थापित र साहबीचको मतान्तर ५०१० देखिएको छ ।
यस्तै मेयरका अर्का उम्मेदवार सिर्जना सिंहले ५०७४ मत पाएकी छन् ।