भरतपुरमा रेनुले अहिले सम्मकै धेरै मतान्तरले पछि छोडिन विजयलाई !

मंगलबार, ३ जेष्ठ २०७९

काठमाडौँ –  चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल नेकपा एमालेका विजय सुवेदी भन्दा २४६ मतले अग्रता लिएकी छन् ।

१९ हजार ७८८ मत गणना हुँदा दाहालले ६ हजार ६७८ मत ल्याएकी छन् । एमालेका सुवेदीले ६ हजार ४५२ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ८ हजार १२० मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ५ हजार ३०६ मत ल्याएकी छन् ।