आज एमालेले प्रतिनिधीसभा बैठक सुचारु हुन दिनुको कारण यस्तो पो रहेछ हेर्नुहोस ?

मंगलबार, ३ जेष्ठ २०७९

काठमाडौं –  प्रतिनिधिसभामा अवरोध गर्न एमालेले छोडेको छ । आजदेखि सुरु भएको प्रतिनिधिसभाको बजेट अधिवेशनमा एमाले अवरोध नगरेको हो ।

गत भदौ २३ गतेदेखि एमालेले प्रतिनिधिसभामा निरन्तर अवरोध गर्दै आएको थियो । आजको बैठकमा सभामुखसँग समय लिएर एमाले उपमहासचिव प्रदिप ज्ञवाली बोल्दैछन् । उनलाई बोल्नका लागि १५ मिनेट समय दिइएको छ । एमालेले कारवाही गरेका १४ सांसदमाथिको कारवाहीको सूचना सभामुखले टाँस नगरेको भन्दै एमालेले संसद अवरोध गर्दै आएको थियो ।