भरतपुरमा रेनुको कमाल, विजयलाई १५ हजार मतअन्तरले पछि पर्ने आँकलन !

बिहिबार, ५ जेष्ठ २०७९

काठमाडौँ –  भरतपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनकी उम्मेदवार रेनु दाहालले तीन हजारभन्दा बढी मतान्तरले अग्रता कायम गरेकी छन् । नेकपा (एमाले) का तर्फबाट प्रमुखका उम्मेदवार विजय सुवेदीले १२ हजार ७७ मत प्राप्त गर्दा गठबन्धनकी उम्मेदवार दाहालले तीन हजार ५७ मतले अग्रता कायम गर्दै १५ हजार एक सय ३४ मत प्राप्त गरेकी छ्न । यसरि रेनुले क्रमिक रुपमा हजारौ मतले एमालेका उमेदवार विजयलाई पछि पारिरहदा रेनुले सुबेदीलाई १५ हजार भन्दा बडी मतान्तरले पछि पर्ने आकलन गर्न थालिएको छ ।

अहिले महानगरपालिकाको वडा नम्बर ९ र १० को मतगणना भइरहेको छ । वडा नम्बर ९ का दुई हजार नौ सय ४१ र वडा नम्बर १० का ७ सय मत गन्दा यस्तो मतान्तर देखिएको हो ।

प्रमुखमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार २ सय ५३ मत ल्याएका छन् । उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले १७ हजार पाँच सय ४५ र राप्रपाकी हिमला गुरुङले ९ हजार ७ सय ३२ मत ल्याएकी छिन् ।

९ नम्बर वडा र १० नम्बर वडा गरेर दुवै वडामा नेकपा (एमाले) ले अग्रता लिएका छन् ।  अहिलेसम्म ३९ हजार ९ सय ४१ मत गणना भइसकेको छ । जसमा वडा नम्बर एक, दुई तीन, चार, पाँच, छ, सात, आठ नम्बर वडाको मतगणना सकिसकिएको छ ।