जिल्ला अध्यक्षले नै पालिकामा लज्जास्पद हार बेहोरेपछि सिरहामा एमालेको हरिबिजोक !!

बिहिबार, ५ जेष्ठ २०७९

काठमाडौँ –  नेकपा एमालेका सिरहा जिल्ला अध्यक्ष चन्देश्वर मण्डल गाउँपालिका अध्यक्षमा पराजित भएपछी हरिबिजोक भएको छ । एमाले पार्टीकै जिल्ला हाक्ने नेतालाई नै गाउँपालिका सम्मले नपत्याएपछि सिराहामा हरिबिजोक भएको हो ।

उनको गाउँपालिकामा जनता समाजवादी पार्टीका अशोक कुमार यादव विजयी भएको हुन्।

विजयी भएका जसपाका अशोक यादव ३२३३ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमाले जिल्ला अध्यक्ष मण्डलले २८१० मत प्राप्त गरे।

यसैगरी, माओवादी केन्द्रका ठकुर महतो २२२० मत ल्याएका छन् । उनी ०७४ मा गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । नेपाली कांग्रेसका उम्मेदवार धर्मदेव कामती १९५१ मत प्राप्त गरेका छन् ।

यसैगरी, उपाध्यक्षमा जसपाका शोभाकुमारी साह विजयी भएका छन्।

उनले ३१५९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी रामपुकारीदेवी कोइरीनले २९५७ मत पाएन।

माओवादी केन्द्रकी सियावती मुखिया २२३९ मत पाइन्। उनी ०७४ मा १ मतले गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका थिए ।

कांग्रेसकी नयनकुमारी यादव १९३३ मत प्राप्त गरे

वडा १ माओवादी केन्द्रका गफार मियाँ, वडा २ मा एमालेका दिपेन्द्रकुमार यादव, वडा ३ मा जसपाका महेश कुमार यादव, वडा ४ मा एमालेका शिवशंकर यादव र वडा ५ मा जसपाका मनिकलाल यादव विजयी भए।