वालेनको लौरोले स्थापितलाई आफ्नै वडामा पनि लगार्यो, जाँहा गयो तेही लौरो तगारो !!
काठमाडौं – काठमाडौं महानगरको वडा नम्बर २८ मा पनि केशव स्थापितले सोचेजस्तो मत लेराउन सकेका छैनन् अहिले मतगणना भैरहेको ओडा नम्बर २८ स्थापितको आफ्नै ओडा हो उक्त वडामा पनि स्वतन्त्र उमेदवार बालेन साहले अग्रता लिरहेका छन् । स्थापितको आफ्नै घर भएको वडामा पनि लौरोले नै अग्रता लिएपछि बालेनका समर्थकहरुले भनेका छन्, बालेनको लौरोले स्थापितलाई आफ्नै ओडामा पनि लगार्यो जाँहा गयो तेही लौरो तगारो भन्दै गफिन थालेका छन् ।
यस वडामा पनि स्वतन्त्र उम्मेदवार बालेन साह अगाडि छन् भने उनलाई कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितले नजिकबाट पछ्याइरहेका छन् ।
अहिलेसम्म २२२१ भोट गणना भइसकेकोमा बालेनको पक्षमा ५७१ भोट आएको छ । यस्तै, स्थापितले ५३९ र सिर्जनाले ५०७ भोट ल्याएका छन् ।
बागबजार क्षेत्रमा पर्ने वडा नम्बर २८ एमाले उम्मेदवार स्थापितको वडा हो । उनले बागबजारस्थित पद्मकन्या क्याम्पसबाट भोट हालेका थिए ।