आफ्नै गृहनगरमा ओलीको लज्जास्पद हार, राप्रपाले खोस्यो दमकको मेयर पद
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकाको प्रमुखमा राप्रपाका उम्मेदवार रामकुमार थापा विजयी भएका छन् । झापाको दमक नगरपालिका के पी ओलीको आफ्नै गृह नगर हो। राप्रपाका उमेदवार रामकुमार थापाले एमालेको उमेदवार गीता कुमारी पौडेललाई पराजित गर्दै थापाले दमकको मेयरपद एमालेबाट खोसेका हुन् ।
उनले नेकपा एमालेका उम्मेदवार गीता कुमारी पौडेललाई ५५९ मत अन्तरले हराएका छन् ।
थापाले १७ हजार ५२५ र पौडेलले १६ हजार ९६६ मत पाएको निर्वाचन अधिकृत केशव प्रसाद पन्तले जानकारी दिए ।
यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार रेगिना भट्टराई विजयी भइन् । उनले १७ हजार ७२ मत पाउँदा नेकपा एमालेका उम्मेदवार अम्बिका प्रसाद खनालले १६ हजार ५७४ मत पाएका छन् ।