रेणुसँग बिजयको लागेन केहिसिप, जुन वडामा गणना हुन्छ त्यहिँ हजारौको लिड !
काठमाडौँ – भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायमै छ । ५६ हजार ८४५ गणना हुँदा दाहालले २१,४९२ मत ल्याएकी छन् । महानगर अन्तर्गतको जुनसुकै वडामा मत गणना गर्दापनि रेनुले उत्तिकै मतले लिड गर्न थालेपछी निरन्तर पछि पर्दै आइरहेका बिजयको केहि शिप नलागेको हो।
एमालेका उम्मेदवार विजय सुवेदीले १८२७० मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८१३३ मत पाएका छन् । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले २३ हजार ८६१ मत पाउँदा हिमला गुरुङले १४०२८ मत पाएकी छन् ।