काठमाडौँका नेवार बस्तिको मत गणना सुरु, सिर्जनालाई उत्साहजनक भोट

शनिबार, ७ जेष्ठ २०७९

काठमाडौं – अहिलेसम्म काठमाडौं महानगरपालिकाका १० वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अब २२ पालिकाको मतपरिणाम आउन बाँकी छ । भर्खरै भोट बैंकका रुपमा चिनिएका नेवार बस्तिहरुको मत गणना सुरु भएको छ ।

प्रारम्भीक मतपरिणाम अनुसार कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई उत्साहजनक भोट आएको छ । नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई कांग्रेसकी उम्मेदवार सिंहले भेट्न लागेकी छन् । स्वतन्त्र उम्मेदवार बालेन साह भने उनी दुबै भन्दा निकै अगाडि छन् ।

अहिलेसम्म स्वतन्त्र उम्मेदवार बालेन साहले ३३२६०, एमालेका केशव स्थापितले १७६९२ र कांग्रेसकी सिर्जना सिंहले १७५७९ मत पाएका छन् । सिर्जना र स्थापितबीच ११३ मतको अन्तर छ ।

अहिले ७, ८ र ३१ नम्बर बडाको मतगणना भइरहेको छ ।