विजयी भाेजमा गएका पुरूष मृत भेटिए, विजय भोज मृत्यु भोज भएपछी परिवार सोकमा
काठमाडौँ – कालिकोटको रास्कोट नगरपालिका वडा नम्बर ८ का ४४ बर्षिय प्रेम दर्जि शनिबार मृत अवस्थामा भटिएका छन ।
हालै स्थानीय तहको निर्वाचनमा नगरपालिकाको उप(प्रमुखमा विजयी हुनु भएका मनिराज बरालको घर पाटेडीलमा शुक्रबार बिहान भोज खान गएका थिए ।
मृतक दर्जि दिनभर विजयी भोजमा रमाएको भएपनि साझ आफ्नो घर फर्कन पाएनन् । दर्जिको लागि विजयी भोज नभएर मृत्यु भोज भएको छ ।
शनिबार साझ ६ बजे तिर पाटेडीलको पानिगौंडाको छेडा कुलामा दर्जिको शव भेटिएको छ । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
रास्कोट इलाका प्रहरी र सदरमुकाम मान्मबाट आएको प्रहरी टोलिले घटनाको अवलोकन गरि आइतबार बिहान घटना स्थलको मुचुल्का गर्दै रास्कोट सामुदायिक अस्पतालमा पोष्टमाटमका लागि शव पठाएको छ ।
शवको पोष्टमाटम गरेपछि दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ । मृतक दर्जिका श्रीमती बाटुल्लि दर्जिले आफ्नो श्रीमान जेठ ६ गते राति १० बजे सम्म मोबाइल सम्पर्क भएपनि राति १२ बजे मोबाइलमा फोन गर्दा बिरानो आवाज सुनिएको र त्यसपछि सम्पर्क हुन नसकेको बताउनुभयो ।
पारिवारिक श्रोतका अनुसार घटना रहस्यमय भएको र अनुसन्धान गरिनुपर्ने माग छ । मृतक दर्जिसँग राति सम्म सँगै भएका केशव दर्जिका अनुसार “राति ८र९ बजे उप(प्रमुखको घरमा विजयी भोजको खुसियाली मनाएर आ(आफ्नो घर जान हिडेका थियौं, पानिगौंडाको जगदीश न्यौपानेको पसलमा रक्सी छकि भनेर सोध्न आएका थियौं, तर रक्सी नभेटिएपछि आ(आफ्नो घर जाने भनेर छुटियौं त्यसपछि के भयो थाहा भएन ।”
मृतक दर्जिको साथमा रहेको ९७४२९६०९१९ नम्बरको मोबाइल समेत भेटिएको छैन । मृतकको निधारमा गहिरो घाउ परि रगत बगेको र बायाँ तिरको अनुहारको हड्डी भित्र दबेको छ ।
मृतकको शव कुलामा दक्षिण तिर घोप्टो परेको र लडेर खसेको जस्तो पनि नदेखिएको स्थानीयको भनाइ छ । घटना स्थल नजिकै रहेको पसलका ब्यापारी जगदीश न्यौपानेका अनुसार “राति १० बजे मृत अवस्थामा भेटिएका प्रेम दर्जिको साथमा रहेका केशव दर्जि र हर्क दर्जि आफ्नो पसलमा रक्सी खोजेर आएको र छैन भनेपछि फर्किएका थिए ।”
न्यौपानेले भन्नु भयो “७ गतेको बिहान र दिउँसोसम्म केहि पनि थाहा भएन, आफ्नो पसलबाट साझ ६ बजेतिर बच्चाले लोहोटा खसालेर तल झरेपछि आफू लोहोटा लिन जादा शव देखे र आकाशबाट खसे जस्तै भए, अनि मदन बराललाई खबर गरे ।”
नगर उप(प्रमुख बरालको घरभन्दा करिब सय मिटरको पूर्व दिशातिर मृतक दर्जिको शव भेटिएको हो । घटनाको प्रकृति हेर्दा केही असहज देखिएको नवनिर्वाचित वडा नम्बर ८ का वडा अध्यक्ष स्टारले बताउनु भएको छ ।
सर्वसाधारणका अनुसार जेठ ६ गते दिउँसो मृतक दर्जिले नाचगान गर्नुका साथै धेरै रमाइलो गरेका थिए । रक्सी पनि धेरै खाएका थिएनन् ।
मृतकको आमा औंली दार्जिले विछिप्त हुदै आफ्नो मृतक छोरा ज्यूदो बनाइदिन विजयी भोजको आयोजना गर्ने जनप्रतिनिधिहरूलाई आग्रह गर्नु भयो । उहाँले आफ्नो छोरा आफै लडेर नमरेको र कसैको कर्तव्य बाट मरेको हुनसक्ने आसंका ब्यक्त गर्नुभयो ।
विजयी भोजमा रक्सी मासु खानेहरूको भिड थियो । बजाउने र नाचगान गर्ने सबै दर्जिहरूले पनि रक्सी खाएका थिए एक स्थानीयले भनेका छन । उनले भने “यो विजयी भोज नभइ अहिले त रक्सीकै कारण मृत्यु भोज भयो । रक्सी खाने सबै भोज बन्द गरिनुपर्छ ।”
मृतक दर्जिको बसोवास वडा नम्बर ८ को लाउका भन्ने ठाउँमा रहेको छ । उनका ४ छोरा, २ छोरी, श्रीमती र आमा गरि ८ जनाको परिवार रहेको छ ।
प्रहरीले भने घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरिएको बताएको छ भने हालसम्म पक्राउ कसैलाई गरिएको छैन । विजयी भोजमा गएका आफन्त कहिले घर नफर्किने गरि अस्ताएपछि श्रीमती, आमा लगायत सबै घर परिवार आफन्तहरू शोकग्न भएका छन ।