दाङमा महरा र शंकरको घमासान कुस्ती, रेलिङ्ग नै भाचिनेगरि आउट भए महरा !

बुधबार, ११ जेष्ठ २०७९

काठमाडौँ – नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले बलियो क्षेत्र मानेको दाङका दुवै उपमहानगरपालिका जित हात पार्न नेकपा एमाले सफल भएपछी आफ्नो गृहजिल्ला भएको दाङको दुवै उपमहानगरमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा नराम्ररी पछारिएका छन्  । दाङका दुवै उपमहानगरमा नेकपा एमालेका महासचिव शंकर पोखरेल आफ्नो उम्मेदवारलाई जिताउन सफल भएका हुन् । दाङमा शंकर  पोखेरेल र महराको निर्वाचन अघि एक प्रकारको कुस्ती नै चलेको थियो। , यसक्रममा दुबैले आ-आफु बलियो रहेको दावी गरेपनि निर्वाचानको अन्तिम नतिजाले महरालाइ पल्टाउँन शंकर सफल भएका हुन् । निर्वाचन हारेपछि महरालाई दाङ तिर रेस्लिंगको रेलिङ्ग नै  भाचेर पछारे शंकरले भन्ने विस्लेषण  गर्न थालिएको ।

दुवै उपमहानगरमा नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्र तीनै पार्टीले आफू बलियो दाबी गरेका क्षेत्र हुन् । तर एमाले विभाजनबाट बनेको नेकपा एस, जसपा, जनमोर्चा तथा मुख्यशक्ति मानिएका कांग्रेस र माओवादी केन्द्रको बलियो गठबन्धनलाई पराजित गर्दै एमालेको विरासत जोगाउन महासचिव पोखरेल सफल भए ।

गत निर्वाचनमा उपमहानगर जितेको एमालेलाई यसपालि कठिन पर्ने धेरैको विश्लेषण थियो । तर, उनीहरुको विश्लेषण फेल खाएको छ । यही आंकलनलाई ध्यान दिँदै गठबन्धन दलले घोराहीमा माओवादीलाई मेयर तथा कांग्रेसलाई उपमेयर तथा तुलसीपुरमा कांग्रेसलाई मेयर तथा नेकपा एसलाई उपमेयर भागबण्डा मिलाएका थिए ।