के थियो करिश्माको भतभती मन पोल्ने त्यस्तो समाचार ? हटाउन भन्दै दिइन यस्तो धम्कि !

शुक्रबार, १३ जेष्ठ २०७९

काठमाडौं –  स्थानीय तह निर्वाचनको विषयलाई लिएर आफ्नो चरित्रहत्या गर्नेगरी कतिपय अनलाइन सञ्चारमाध्यमले समाचार प्रकाशन गरेको रप्रकाशित निराधार समाचारले  मन भतभती  पोलेको  भन्दै, अभिनेत्री करिश्मा मानन्धरले  पिडा व्यक्त संगै आपत्ति जनाएकी छन् । करिश्मा जुन पार्टी प्रवेश गर्छिन्, त्यो पार्टी पत्तासाफ’ भन्ने खालका समाचार प्रकासन हुन् थालेपछि उनको मन भतभती पोलेको हो ।

उनले त्यस्ता समाचार नहटाए कानुनी उपचारमा जाने चेतावनी समेत दिएकी छन् । करिश्माले ललितपुरको गोदावरी नगरपालिका लगायत देशभर नेकपा एमालेको चुनावी अवस्थालाई लिएर कतिपय अनलाइन सञ्चारमाध्यमले आफ्नो चरित्र हत्या हुनेगरी समाचार प्रकाशन गरेको भन्दै प्रेस काउन्सिललाई जानकारी समेत गराएकी छन् ।

करिश्मा जुन पार्टी प्रवेश गर्छिन्, त्यो पार्टी पत्तासाफ’ भन्ने खालका समाचार र सामाजिक सञ्जालमा समेत यस्तै आशयका पोस्ट आएकाले त्यसलाई हटाउन र अटेर गरे कानुनी उपचार खोज्ने उनको चेतावनी छ ।

स्थानीय तह निर्वाचनको केही समयअघि करिश्मा एमाले प्रवेश गरेकी हुन् ।