निजामती कर्मचारीको तलबमा अकल्पनीय वृद्धि, कसको कति ? तलबमान सहित

आइतबार, १५ जेष्ठ २०७९

काठमाडौँ – सरकारले निजामती कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । संघीय संसदमा आइतबार आर्थिक वर्ष २०७९–८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले तलब वृद्धिको घोषणा गरेका हुन् ।

अर्थमन्त्रीले सेना, प्रहरी, शिक्षकसहित निजामती कर्मचारीको तलब वृद्धिको घोषणा गरेका हुन् । यस्तै महँगी भत्तालाई पनि निरन्तरता दिइएको छ।

निर्णयअनुसार निजामति कर्मचारीको तलव वृद्धिपछि सुरु स्केल यसप्रकार छ, जसमा ग्रेड भने समावेश गरिएको छैन। कर्मचारीको पदअनुसार प्रतिवर्ष एक ग्रेडका दरले अधिकतम ८ ग्रेडसम्म सुविधा पाउने व्यवस्था छ ।

तह यसअघिको तलब बढेपछिको तलब ग्रेड कुल ग्रेड
मुख्यसचिव ६७,१४० ७७,२११ २५७३
सचिव ६२,६८० ७२,०८२ २४०२
सहसचिव ४९,३८० ५६,७८७ १८९२
उपसचिव ४२,३८० ४८,७३७ १६२४
अधिकृत ३७,९९० ४३,६८८ १४५६
नासु ३०,२०० ३४,७३० ११५७ १०
खरिदार २८,६१० ३२,९०१ १०९६ १०
मुखिया २४,०१० २७,६११ ९२०