६ तस्वीरमा हेर्नुहोस् दुर्घटनाग्रस्त विमानको अवस्था

सोमबार, १६ जेष्ठ २०७९

काठमाडौं – आइतबार बिहानदेखि हराएको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाको टोलीले थसाङ २ मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला पारेको नेपाली सेनाका प्रवक्ताले जानकारी गराएका छन् ।

जहाज चार हजार मिटर माथि डाँडामा ठोक्किएको अनुमान गरिएको छ । थुसाङ २ का वडाध्यक्ष गौतम शेरचनले दिएको जानकारीअनुसार गाउँभन्दा निकै माथि डाँडामा जहाज ठोक्किएको पाइएको छ ।

उनैले करिब चार हजार मिटर माथि हुन सक्ने अनुमान गरिएको बताए । “चार हजार मिटरभन्दा माथिको उचाइमा छ,” उनले भने, “यही बाटो भएर यार्सा टिप्न जानेले जहाज दुर्घटनामा परेको देखेर खबर गरिएको हो ।”

दुर्घटनाग्रस्त अवस्थामा रहेको जहाजका केही तस्बिर यस्ता छन् ।