कन्सर्टमा गीत गाउँदागाउँदै चर्चित गायकको निधन

बुधबार, १८ जेष्ठ २०७९

काठमाडौं –  भारतको कोलकत्ताको एक कन्सर्टमा गीत गाउँदागाउँदै भारतका चर्चित गायकको  निधन भएको छ । भारतीय चर्तित गायक केके को कोलकत्तको एक कन्सटमा  गीत गाउँदागाउँदै हृदयघात भएका कारण उनको निधन भएको हो ।

मञ्चमै ढलेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकहरुले उनको निधन भएको घोषणा गरे ।

उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले शोक व्यक्त गरेका छन् ।

केके दुई दिनको कन्सर्टका लागि कोलकाता पुगेका थिए । उनले हिन्दीमा दुई सयभन्दा धेरै गीत गाएका छन् ।