सबै बीमा कम्पनीलाई उछिन्दै अघि बढ्यो एलआईसी नेपाल
काठमाडौं – कुन कम्पनी कस्तो छ ? भनेर विश्लेषण गर्ने मुख्य आधारमध्य एक हो जगेडा कोष । कम्पनीमा लगानी गर्नुअघि लगानीकर्ताले ध्यान दिने एउटा सूचक हो कम्पनीको जगेडा कोष हो। हरेक कम्पनीहरुले सार्वजनिक गर्ने वित्तीय विवरणमा चुक्ता पुँजीलगत्तै ‘रिजर्भ’ अर्थात जगेडा कोष उल्लेख गरिएको हुन्छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै खोलिएको यो कोषले अफ्ठ्यारो अवस्थाको सामना गर्ने हुनेले धेरैको ध्यान जगेडा कोषतीर जान्छ । यो कोषको आकार जति बलियो हुन्छ, त्यति जोखिम वहन गर्न सक्ने क्षमता मजबुत भएको मानिन्छ।
अर्कोतर्फ आगामी दिनमा लगानीकर्तालाई बोनस सेयर दिएर पुँजी वृद्धि गर्नका लागि पनि यो कोष मजबुत हुनु जरुरी छ। जीवन बीमा प्रदायक कम्पनी लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआईसी नेपाल) नेपालका सबै बीमा कम्पनीहरुलाई उछिन्दा जगेडा कोषमा सबैभन्दा धेरै रकम जम्मा गर्न सफल भएको छ । एलआईसी नेपालले चालु आर्थिक बर्ष २०७८/७९ को तेश्रो त्रैमासमा जगेडा कोषमा ७० करोड ९० लाख रुपैँया जम्मा गरेको छ ।
नेपाल लाईफले सोही अबधिमा ४४ करोड ४९ लाख जम्मा गरेका छ भने नेशनल लाइफको जगेडा कोषमा ५२ करोड ९२ लाख रुपैयाँ जम्मा गरेको छ । बीमा समितिले जीवन बीमा प्रदायक कम्पनीको चुक्ता पुँजी ५ अर्ब पुर्याउने तयारी गरिरहेका बेलामा एलआईसी नेपालले राम्रो प्रतिफल दिनका लागि ठूलो मात्रामा जगेडा कोषमा रकम जम्मा गरेको हो ।
एआईसीको जगेडा कोष बलियो भएकै कारण लगानीकर्ताहरु यो कम्पनीमा झुम्किएका छन् । यसको बजार मूल्य पनि जीवन बीमा समूहमा सबैभन्दा अघि छ । सेकेण्डरी बजारमा बुधबार एलआईसी नेपाल १३२९ रुपैयाँमा अन्तिम कारोबार भएर रोकिएको छ ।